Kathmandu Press

कोटेश्वरमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु, एक घाइते

काठमाडौं, असार १४ : काठमाडौँको कोटेश्वरमा माइक्रोबस (जम्बो हाइस) को ठक्करबाट एकजनाको मृत्यु भएकोे छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक नजिक सडकमा...
कोटेश्वरमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु, एक घाइते
Hardik ivf

काठमाडौं, असार १४ : काठमाडौँको कोटेश्वरमा माइक्रोबस (जम्बो हाइस) को ठक्करबाट एकजनाको मृत्यु भएकोे छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक नजिक सडकमा कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा  २  ख १२३१ नंको माइक्रोबसले ठक्कर दिँदा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार सेनको गए राति मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दुर्घटनामा गम्भीर घाइते भएका सेनको उपचारका क्रममा बी एन्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको जानकारी दिए। सोही दुर्घटनालगत्तै बालकुमारीबाट कोटेश्वर आउँदै गरेको प्रदेश नं ३–०१–००६ ख ०२९५ नंको ट्रकले माइक्रोबसलाई ठक्कर दिँदा माइक्रोबसका सहचालक रामेछाप मन्थलीका २३ वर्षीय विमल सुनुवार घाइते भएका छन्। घाइते सुनुवारको उपचार लागि सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रवक्ता मैनालीले बताए।  
    
प्रहरीले दुर्घटनामा संलग्न माइक्रोबस र ट्रकलाई नियन्त्रणमा लिएको छ भने माइक्रोबस चालक फरार रहेकाले खोजी भइरहेको प्रवक्ता मैनालीले बताए। दुर्घटनासम्बन्धी प्रहरी वृत्त बानेश्वरले आवश्यक अनुसन्धान गरिरहेको छ।   

प्रकाशित मिति: १०:२१ बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्