Kathmandu Press

धादिङमा पेस्तोलसहित दुई युवक पक्राउ

धादिङ, असार १४ : धादिङमा दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनास तामाङलाई पक्राउ गरिएको...
धादिङमा पेस्तोलसहित दुई युवक पक्राउ

धादिङ, असार १४ : धादिङमा दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।

खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए।

प्रहरीले उनीहरू बस्ने डेरामा खानतलासी गर्दा म्यागजिनसहित पेस्तोल, खुकुरीसमेत बरामद गरिएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

हतियार देखाएर डरधम्की दिने गरेको आरोपपछि प्रहरीले खोजतलास गरेको थियो। आरोपित दुवैलाई हातहतियार तथा खरखजानाअन्तर्गत अनुसन्धान गरी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: ०८:५० बजे, मंगलबार, असार १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्