Kathmandu Press

सिमिकोट विमानस्थलमा चार दिनदेखि हवाई उडान बन्द

सिमकोट, असार १४ : हुम्लाको सिमिकोट विमानस्थलमा चार दिनदेखि हवाई उडान बन्द रहेका छन्।केही दिनदेखि लगातार भइरहेको वर्षाले गर्दा हवाई उडान बन्द भएको...
सिमिकोट विमानस्थलमा चार दिनदेखि हवाई उडान बन्द
फाइल फोटो

सिमकोट, असार १४ : हुम्लाको सिमिकोट विमानस्थलमा चार दिनदेखि हवाई उडान बन्द रहेका छन्।

केही दिनदेखि लगातार भइरहेको वर्षाले गर्दा हवाई उडान बन्द भएको विमानस्थल कार्यालयले जनाएको छ। नेपालगञ्ज र सुर्खेतबाट आउने उडान बन्द भएका छन्।

हवाई उडान बन्द हुँदा स्थानीय बासिन्दा मर्कामा परेका छन्। सिमिकोटबाट नेपालगञ्ज, सुर्खेत तथा देशका अन्य शहर आवतजावत गर्न नसकिएको स्थानीय बासिन्दाले बताएका छन्।

यसले गर्दा सिमिकोटमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ। हवाई उडान बन्द हुँदा अन्य सरसामान पनि ढुवानी हुन सकेको छैन।

प्रकाशित मिति: ०६:५२ बजे, मंगलबार, असार १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्