Kathmandu Press

आइजिपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं, असार १३ : नेपाल प्रहरी महानिरीक्षक (आइजिपी) मा धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा राखिएको...
आइजिपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं, असार १३ : नेपाल प्रहरी महानिरीक्षक (आइजिपी) मा धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

कायम मुकायम प्रधानन्यायाधीश दीपकुमार कार्की र प्रधानन्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा भइरहेको बहास आज (सोमबार) पनि नसकिएकाले सो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो।  अर्को सुनुवाइ असार १९ गते हुनेछ।

सरकारले गत वैशाख १८ गते आइजीपी नियुक्त गरेलगत्तै वरीयता मिचिएको भन्दै एआइजी पोखरेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

आजको मुद्दामा महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित सरकारी वकिलहरूले बहस गरेका थिए। महान्यायाधिवक्ता खातीले आइजिपी नियुक्ति सरकारको विशेषाधिकार भएकाले सो पदमा सिंहको नियुक्ति नियमसंगत रहेको जिकिर गरेका थिए।

प्रकाशित मिति: १८:२१ बजे, सोमबार, असार १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्