Kathmandu Press

भारतमा विपक्षीको तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता

नयाँ दिल्ली, असार १३ : भारतमा आसन्न राष्ट्रपतीय निर्वाचनका लागि विपक्षी दलको तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ। प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको प्रस्तावमा...
भारतमा विपक्षीको तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता

नयाँ दिल्ली, असार १३ : भारतमा आसन्न राष्ट्रपतीय निर्वाचनका लागि विपक्षी दलको तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ। प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको प्रस्तावमा यसवन्त सिंहले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका हुन्। 

उहाँको उम्मेदवारीका लागि संसद भवन गएका बेला काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी, राष्ट्रवादी काँग्रेस पार्टीका प्रमुख शरद पवार, समाजवादी पार्टीका प्रमुख अखिलेश यादव, जम्मु एण्ड काश्मिर नेश्नल कन्फेरेन्सका प्रमुख फारुक अब्दुल्लाह, तेलङगना राष्ट्र समितिका नेता तथा तेलङ्गनाका मन्त्री के टी रामा राओलगायतको उपस्थिति रहेको थियो। ती सबै पार्टीको तर्फबाट उहाँलाई समर्थन रहेको जनाइएको छ।  

यसअघि गत शुक्रबार राष्ट्रपतिका उम्मेदवार सिंहले आफू निर्वाचित भएमा आफूले सँधै किसान, मजदुर, बेरोजगार युवा, महिला र सबै अल्पसङ्ख्यकहरुको आवाज उठाइरहने प्रतिवद्धता जनाउनु भएको थियो।

विपक्षी दलहरुले आफूलाई राष्ट्रपतिका लागि साझा उम्मेदवार बनाउने निर्णय निर्विरोध रुपमा गरेकोमा पनि उहाँले सबैलाई धन्यवाद दिनु भएको छ।

भारतमा आगामी जुलाई १८ मा राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ। एनडीएको तर्फबाट भने द्रौपती मुर्मुले गत जुन २४ मै उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति: १६:५८ बजे, सोमबार, असार १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्