Kathmandu Press

धनगढीमा युवा महोत्सव सुरु

धनगढीमा युवा महोत्सव सुरु

कैलाली, असार १३ : कैलालीको धनगढीमा आजदेखि युवा महोत्सव सुरु भएको छ । सुदूरपश्चिम प्रदेश युवा परिषद्को आयोजनामा आजदेखि तीन दिनसम्म महोत्सव सञ्चालन हुनेछ ।  

सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कँुवरका अनुसार सुदूरपश्चिम प्रदेशका युवाको सहभागितामा उक्त महोत्सव आयोजना गरिएको हो। महोत्सवमा विभिन्न विषय तथा विधाका विज्ञ र कलाकार समेत उपस्थित रहेका छन् । यस महोत्सवमा युवाहरुका आ–आफना क्षेत्र र विषयका सिकाइ र क्षमता अभिबृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखेको कुँवरको भनाइ छ।

महोत्सवमा जलवायु परिवर्तन, लागुऔषध, निर्वाचनमा युवाको भूमिका तथा सहभागिता, समाजमा युवाको भूमिकालगायतका विषयमा जानकारहरुबाट प्रस्तुति एवं प्रशिक्षण दिइने बताइएको छ। यस महोत्सवमा विभिन्न क्षेत्र र विषयका गरी करिब ३०० जना युवाको सहभागिता रहेको जनाइएको छ। 

प्रकाशित मिति: १६:५६ बजे, सोमबार, असार १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्