Kathmandu Press

पाकिस्तानमा अस्पताल भर्ना हुने काेराेना सङ्क्रमितको सङ्ख्यामा वृद्धि

पाकिस्तानमा अस्पताल भर्ना हुने काेराेना सङ्क्रमितको सङ्ख्यामा वृद्धि

इस्लामाबाद, असार १३ : पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमित भइ अस्पताल भर्ना हुनेहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ। नयाँ सङ्क्रमितको सङ्ख्या भने तीन प्रतिशत मात्रै देखिएको सरकारी स्वास्थ्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। 

राष्ट्रिय स्वास्थ्य संस्था ९एनआइएच० इस्लामावादले पछिल्लो २४ घण्टामा देशभर ३८२ जना नयाँ सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको छ। 

सोही अवधिमा कुल १३ हजार ४१२ जनाको कोरोना परीक्षण गरिएको थियो। पाकिस्तानमा अहिले चार हजार ६३२ जना सङ्क्रमित अवस्थामै रहेका छन्। ती मध्ये ८७ जनालाई अति सघन कक्षमा राखेर उपचार भइरहेको छ। 

सरकारी अधिकारीहरुका अनुसार पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म ३० हजार ३९० जनाको मृत्यु भएको छ। पाकिस्तानमा अहिलेसम्म ८५ प्रतिशतलाई कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा दिइसकिएको छ।

प्रकाशित मिति: १६:५६ बजे, सोमबार, असार १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्