Kathmandu Press

स्पेन र मोरक्कोको सीमा क्षेत्रमा हालै भएको हिंसाको अनुसन्धान गर्न माग

नैरोबी, असार १३ : अफ्रिकी युुनियनले स्पेन मोरक्को सीमामा मारिएकाहरुको छानबीनका लागि आयोग बनाउन माग गरेको छ। अफ्रिकी युनियन कमिसनका प्रमुखले सो माग...
स्पेन र मोरक्कोको सीमा क्षेत्रमा हालै भएको हिंसाको अनुसन्धान गर्न माग

नैरोबी, असार १३ : अफ्रिकी युुनियनले स्पेन मोरक्को सीमामा मारिएकाहरुको छानबीनका लागि आयोग बनाउन माग गरेको छ। अफ्रिकी युनियन कमिसनका प्रमुखले सो माग गर्नुभएको समाचारमा जनाइएको छ। 

मोरक्कोबाट स्पेनका लागि सीमा क्षेत्र पार गर्ने क्रममा त्यहाँ उपस्थित भएका अफ्रिकी नागरिकहरुमाथि हिंसात्मक हमला भएको र मारिएका सो युनियनले जनाएको छ।
 
अफ्रिकी युनियन कमिसनका प्रमुख मोउसा फाकी माहमतले सो माग गरेका हुन्। उनले हालैमात्र मोरक्कोको सीमा क्षेत्रबाट स्पेनतर्फ जाने क्रममा २३ जना अफ्रिकी नागरिकको ज्यान गएको भन्दै यसको छानबिन गर्न समिति गठन गर्न माग गरेका हुन्। 

सो सीमा क्षेत्रमा हालै भएको आक्रमणमा परेर २३ जनाको ज्यान गएको र ती व्यक्ति अफ्रिकी नागरिक रहेका जानकारी आएको थियो। मोरक्कोको नादोर भन्ने सीमा क्षेत्रमा हालै भएको सो हिंसामा परेर अरु दर्जनौँ आप्रबासी पनि घाइते भएका थिए। त्यस क्रममा करिब १४० जना प्रहरी पनि घाइते भएका थिए।
 
अफ्रिकी नागरिक भएकै कारणले सो सीमा क्षेत्र पार गर्न नदिइएको र उनीहरुलाई बल प्रयोग गरेर लखेट्ने क्रममा भएको हिंसामा परेर २३ जनाको ज्यान नै गएको बताइएको छ।

प्रकाशित मिति: १६:०३ बजे, सोमबार, असार १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्