थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असार १३ : नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको २ हजार ३ सय ३७ पिसिआर परिक्षणका क्रममा ३६ जना र १ हजार २१ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन।
त्यस्तै थप २० संक्रमित निको हुँदा हालसम्म नेपालमा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ९ जना निको भएका छन्।
हाल नेपालमा २ सय ८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:०१ बजे, सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












