Kathmandu Press

गायिका मृत्यु प्रकरण : बुबाद्वारा किटानी जाहेरी

काठमाडाैं, असार १३ : काठमाडाैंको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केसर विकले प्रहरीमा किटानी जाहेरी...
गायिका मृत्यु प्रकरण : बुबाद्वारा किटानी जाहेरी

काठमाडाैं, असार १३ : काठमाडाैंको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केसर विकले प्रहरीमा किटानी जाहेरी दिएका छन्। 
 
घटनालगत्तै पक्राउ परेका काभ्रेपलाञ्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठविरुद्ध विकले बालाजु प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

किटानी जाहेरीसँगै ज्यानसम्बन्धी कसूरमा श्रेष्ठमाथि अनुसन्धान भइरहेको र आजै म्याद थपको तयारी रहेको जनाइएको छ। श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो।

Hardik ivf

गायिका सुनार शनिबार आफ्नै कोठामा मृत भेटिएकी थिइन्। घटनास्थलमा मोबाइल फेला नपरेको र उनको सलसमेत समेत घटनास्थलभन्दा बाहिर फेला परेकाले कर्तव्य गरी मरिएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। 

पक्राउ परेका श्रेष्ठ उनका प्रेमी रहेको बुझिएको छ। शव परीक्षण प्रतिवेदन आएपछि घटनाको वास्तविक कारण खुल्ने भन्दै प्रहरीले अहिलेसम्म केही भन्न नसकिने जनाएको छ। घटना हुनु अघिल्लो दिन गायिका सुनारको फेसबुक स्टाटस सार्वजनिक भएको थियो। 

त्यसमा उनले कुनै पनि बेला जे पनि हुन सक्ने र घटनामा कसैलाई दोष नदिन अनुरोध गरिएको थियो। उक्त स्टाटस दबाबमा लेखिएको आशंका गरिएको  छ। प्रहरी स्रोतका अनुसार श्रेष्ठले त्यस दिन उनको कोठामा गएको स्वीकारे पनि हत्या आरोप अस्वीकार गरेका छन्।

प्रकाशित मिति: १५:४१ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्