Kathmandu Press

मोरङबाट ८ किलो गाँजासहित तीन युवक पक्राउ 

काठमाडौं, असार १३ : मोरङ प्रहरीले ८ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। आइतबार साँझ जिल्लाको सुन्दरहरैचा नगरपालिका–५ मा शंकास्पद रुपमा हिंडिरहेका तीन युवकलाई...
मोरङबाट ८ किलो गाँजासहित तीन युवक पक्राउ 

काठमाडौं, असार १३ : मोरङ प्रहरीले ८ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। 

आइतबार साँझ जिल्लाको सुन्दरहरैचा नगरपालिका–५ मा शंकास्पद रुपमा हिंडिरहेका तीन युवकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनीहरुको  साथबाट ८ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्। 

पक्राउ पर्नेहरुमा धनकुटा जिल्ला सागुरिगढी गाउँपालिका–८ का ३० वर्षीय सुरेन्द्र राई,२९ वर्षीय मिलन राई र २९ वर्षीय बाला राई रहेका डिएसपी श्रेष्ठले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुले बोकेको जेब्रा झोलामा ८ किलो गाँजा फेला पारेको हो।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको डिएसपी श्रेष्ठले जानकारी दिए। 

 
 

प्रकाशित मिति: १४:१३ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्