Kathmandu Press

भारतमा थपिए १७ हजार ७३ कोरोना सङ्क्रमित

नयाँदिल्ली, असार १३ : आइतबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ७३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण...
भारतमा थपिए १७ हजार ७३ कोरोना सङ्क्रमित

नयाँदिल्ली, असार १३ : आइतबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ७३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ४ करोड ३४ लाख ७ हजार ४६ जना पुगेको छ ।

Hardik ivf

हाल भारतमा ९४ हजार ४२० सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०।२० प्रतिशत हो । 

पछिल्लो एक दिनमा १५ हजार २०८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या ४ करोड २७ लाख ८७ हजार ६०६ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ ।
 
आइतबार मध्यरातिसम्म अर्थात गत २४ घण्टासम्म कोरोना सङ्क्रमणमा २१ जनाको मृत्यु भएको थियो। कोरोना सुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार २० भन्दाबढीको मृत्यु भएको समाचारमा जनाइएको छ।
    
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म १ अर्व ९६ करोड ८४ लाख डोज भन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ।

यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ।

प्रकाशित मिति: १२:५६ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्