Kathmandu Press

साउदीका युवराज र इराकका प्रधानमन्त्रीबीच भेटवार्ता

रियाद, असार १३ : साउदी अरबका युवराज मोहम्मद बीन सल्मान अल साउद र इराकका प्रधानमन्त्री मुस्ताफा अल काधिमीका बीचमा भेटवार्ता भएको छ ।...
साउदीका युवराज र इराकका प्रधानमन्त्रीबीच भेटवार्ता

रियाद, असार १३ : साउदी अरबका युवराज मोहम्मद बीन सल्मान अल साउद र इराकका प्रधानमन्त्री मुस्ताफा अल काधिमीका बीचमा भेटवार्ता भएको छ ।  

दुई देशको सम्बन्ध तथा आपसी सहकार्यका बारेमा उनीहरुले आइतबार छलफल गरेको अधिकारीहरुले जनाएका छन्। साउदी अरबको भ्रमणमा रहेका काधिमीले साउदीका उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीसमेत रहेका युवराज सल्मानसँग सुरक्षा सहयोग र सहकार्यका बारेमा पनि कुरा गरेको जनाइएको छ। 

उनीहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा छलफल गरेको दुवै देशका अधिकारीहरुले बताएका छन् । त्यसैगरी क्षेत्रीय सुरक्षा तथा स्थायित्वबारे दुवै जनाले विचार आदानप्रदान गरेका थिए। 

इराकी प्रधानमन्त्री काधिमी गत शनिबार साउदी आएको हो। आइतबार नै साउदी अरबको भ्रमण सकेर उनी इरान गएका छन्।

प्रकाशित मिति: १२:०९ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्