Kathmandu Press

नारायणी अस्पताल : विपन्नको उपचारमा रु. १९ लाख खर्च

पर्सा, असार १३ : चालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ। अस्पतालको...
नारायणी अस्पताल : विपन्नको उपचारमा रु. १९ लाख खर्च

पर्सा, असार १३ : चालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ। 

अस्पतालको सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गरिएको हो।

Hardik ivf

गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गीक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा सहिद परिवारलाई सबैखाले उपचार सुविधा उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए। 

उनका अनुसार चालु आवको पहिलो चौमासिकमा ३१६ महिला, २२४ पुरुष गरी ५८० जनालाई सेवा प्रदान गरिएको छ। दोस्रो चौमासिकमा ३०३ महिला र २०४ पुरुष गरी ५०७ लाई सेवा दिइएकोे छ। 

चालु आवको असार १० गतेसम्म ५०० भन्दाबढी बिरामीलाई उपचार प्रदान गरिसकेको डा सिंहले जानकारी दिए। उनले गरिब तथा विपन्न नागरिकको उपचारमा रु. १९ लाख भन्दाबढी रकम हालसम्ममा खर्च भइसकेको बताए। निःशुल्क उपचार योजनाले धेरै नगरिकलाई अकालमा मृत्युबाट जोगाएको डा. सिंहको भनाइ छ।

प्रकाशित मिति: १२:०४ बजे, सोमबार, असार १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्