Kathmandu Press

भूकम्प प्रभावित अफगानिस्तानका लागि एक करोड अमेरिकी डलर बिनियोजन

काबुल, असार १२ : संयुक्त राष्ट्रसंघले संयुक्त राष्ट्रसंघको केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष (यूएनसीईआरएफ) बाट आइतबार एक करोड अमेरिकी डलर विनियोजन गरेको छ।मुलुकको पूर्वी...
भूकम्प प्रभावित अफगानिस्तानका लागि एक करोड अमेरिकी डलर बिनियोजन

काबुल, असार १२ : संयुक्त राष्ट्रसंघले संयुक्त राष्ट्रसंघको केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष (यूएनसीईआरएफ) बाट आइतबार एक करोड अमेरिकी डलर विनियोजन गरेको छ।

मुलुकको पूर्वी भेगमा गएको भूकम्पबाट प्रभावित अफगानिस्तानी जनतालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले बजेट विनियोजन गरेको हो।

Hardik ivf

मानवीय मामिला तथा आकस्मिक उद्धार संयोजक तथा उप–महासचिवले मार्टिन ग्रिफिथ्सले भूकम्पका कारण प्रभावित मुलुकमा आवश्यक सहयोगका लागि तत्काल उक्त सहयोग पठाउन लागिएको बताउनुभएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

'भग्नावशेषमा गाडिएका बालबालिकासहित सयौं मानिसहरूले ज्यान गुमाएका छन्। अन्य थुप्रै घाइते भएका छन्। घरहरू भत्किएका छन्।'

ग्रिफिथले एक ट्वीटमा लेखेका छन, 'भूकम्प अफगानिस्तानमाथि आइपरेको सबैभन्दा पछिल्लो दुःखद घटना हो मैले तत्काल मद्दत गर्न एक करोड अमेरिकी डलर विनियोजन गराएको छु।'

भूकम्पबाट नराम्ररी प्रभावित जनतालाई ठूलो रकम उपलब्ध गराएर विश्वभरका विभिन्न संस्थाले सहयोग गर्दै आएको समय राष्ट्रसंघको पनि सहयोग आएको हो।  

बुधबार राजधानी शहर काबुललगायत अफगानिस्तानका केही भागहरूमा ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परी पाक्तिका प्रान्तका बारमल र गियान जिल्लाहरू र खोस्ट प्रान्तको स्पेरा जिल्लामा एक हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ। यसबाहेक, सबैभन्दा बढी प्रभावित जिल्लाहरू बर्माल, गियान र स्पेरामा करिब एक हजार ५०० गम्भीर रूपमा घाइते भएका छन्। भूकम्पमा परी १० हजार भन्दा बढी घरहरू भत्किएका छन्।

भारतले पनि तालिवान अधिकारीहरूको उपस्थितिमा शुक्रबार अफगानिस्तानलाई दोस्रो चरणको मानवीय सहयोग हस्तान्तरण गरेको थियो।

प्रकाशित मिति: २०:५१ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्