Kathmandu Press

आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा लाग्न अध्यक्ष ओलीको आग्रह

काठमाडाैं, असार १२ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समग्र उद्योग र व्यवसायलाई नभई सीमित घरानालाई लाभ हुने गरी बजेट...
आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा लाग्न अध्यक्ष ओलीको आग्रह

काठमाडाैं, असार १२ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समग्र उद्योग र व्यवसायलाई नभई सीमित घरानालाई लाभ हुने गरी बजेट ल्याएकाले त्यसको आलोचना गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ लगायतका संस्थालाई आग्रह गरेका छन।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठक सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले उद्योग र वाणिज्य क्षेत्रमा सरकारका गलत कदमको आलोचना गर्नुपर्ने बताए। उनले आर्थिक क्षेत्रका लागि नीति बनाउँदा सो विभागले निजी क्षेत्रलाई अगाडि बढ्न प्रोत्साहन गर्ने नीतिसँगै सरकारी स्वामित्वमा रहेका उद्योग, कलकारखाना र आपूर्तिसँग सम्बन्धित संस्थाहरूको संरक्षण हुने गरी राम्रो गृहकार्य गरी आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा सल्लाह सुझाव दिनुपर्ने निर्देशन दिए।

विभागका प्रमुख मोति दुगडको अध्यक्षतामा भएको बैठकलाई सो पार्टीका महासचिव शङ्कर पोखरेलले पनि सम्बोधन गरेका थिए।

प्रकाशित मिति: २०:४४ बजे, आइतबार, असार १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्