Kathmandu Press

आयात प्रतिस्थापन गर्न सके सबल राष्ट्रिय अर्थतन्त्र निर्माण हुन्छ : राष्ट्रपति भण्डारी

काठमाडाैं, असार १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी वन–पैदावारजन्य उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सके मात्र सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने...
आयात प्रतिस्थापन गर्न सके सबल राष्ट्रिय अर्थतन्त्र निर्माण हुन्छ : राष्ट्रपति भण्डारी

काठमाडाैं, असार १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी वन–पैदावारजन्य उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सके मात्र सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताएकी छन।

सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालका पदाधिकारीसँग आज शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले अनियन्त्रित वन विनास र फँडानीलाई रोकी वन जङ्गलको संरक्षण एवं दिगो व्यवस्थापन गर्न राज्यले विभिन्न संवैधानिक, नीतिगत एवं कानुनी व्यवस्था गर्दै आएको सन्दर्भमा वनको संरक्षण गरी त्यसको सदुपयोगमार्फत स्थानीय समुदायको जीवनस्तरमा सुधार गर्ने उद्देश्य लिएर सामुदायिक वनको अवधारणा अभ्यासमा आएको केही दशक पूरा भइसकेकाले सामुदायिक वनको अभ्यास आज देशव्यापी रूपमा सफलतापूर्वक लागू भई अन्तर्राष्ट्रिय जगतमा असल अभ्यासको रूपमा स्थापित भएको उल्लेख गरिन।

Hardik ivf

उनले नेपाली संस्कृतिमा प्रकृतिसँग एकाकार भएर बाँच्ने, वन जङ्गल तथा विशेष प्रकृतिका रुख विरुवा एवं जीवजन्तुको पूजा अर्चना गर्ने लामो परम्परा रहिआएको तथा प्रकृति र मानिसबीच पारस्परिक निर्भरताका कारण व्यक्ति, परिवार, समुदाय र राष्ट्रकै समृद्धिको निम्ति वन जङ्गल अति महत्वपूर्ण प्राकृतिक स्रोतका रूपमा रहेको वर्तमान समयमा जलवायु परिवर्तनबाट उत्पन्न भएका दुष्प्रभावलाई रोक्न वन क्षेत्रले अतुलनीय भूमिका खेलिरहेको पनि बताइन।

राष्ट्रपति भूस्खलन रोक्न तथा माटो संरक्षण गर्नसमेत वन जङ्गल नै सबैभन्दा प्रभावकारी माध्यम बनेकाले जागरुक नागरिकले आज नेपालका सामुदायिक वनले हाम्रा मैदान, चुरे क्षेत्र र पहाडलाई हरियालीमा रूपान्तरण गरेको वनलाई नागरिकको जीवनयापनसँग एकाकार गरी हरित अर्थतन्त्रतर्फ पाइला चाल्नमा पनि सामुदायिक वनले नेतृत्व गरिरहेको उल्लेख गरिन।

'वातावरणको दिगो व्यवस्थापन एवं संरक्षण गर्दै मानवीय आवश्यकता र प्रकृतिको स्वाभाविक गतिका बीचमा सन्तुलन कायम गरी आर्थिक वृद्धिको बाटो पहिल्याउनु नै हरित अर्थतन्त्र हो। हामीले अभ्यास गर्दै आएको सामुदायिक वन कार्यक्रमबाट कैयौँ विद्यालय, आमा समूह, खानेपानी, स्वास्थ्य चौकी, मठमन्दिर र पाटी पौवाहरू लाभान्वित भएका छन्। सामुदायिक वनमा आधारित जीविकोपार्जन कार्यक्रमका माध्यमबाट समाजको किनारामा रहेको वर्गको आर्थिक प्रगति तथा नेतृत्व विकासको आधार निर्माण गर्न मद्दत पुगेको छ।' राष्ट्रपति भण्डारीले भनिन, 'सामुदायिक वन उपभोक्ता समूहमा महिलाको पचास प्रतिशत सहभागिताबाट लैङ्गिक समानताको हाम्रो यात्रामा ठूलो योगदान पुगेको छ। पर्या–पर्यटनका लागि नयाँ स्थान र उपायहरू सामुदायिक वनबाट प्राप्त भएका छन्। नेपालको हरियो वनले मुलुकलाई कार्बन व्यापारको माध्यम उपलब्ध गराएको छ। जलवायु अनुकूलनका कार्यक्रम लागू गर्न आवश्यक पर्ने आर्थिक स्रोत जुटाउन कार्बन व्यापारले हामीलाई नयाँ सम्भावनाको ढोका खोलिदिएको छ।'
      
उनले सामुदायिक वनका माध्यमबाट आधारभूत तहदेखि अन्तर्राष्ट्रिय जगतसम्म पुग्ने हरित आर्थिक चक्र निर्माण भएकाले नेपालको हरियो वन  हाम्रो सामाजिक जीवनको एउटा महत्वपूर्ण पक्ष बनेको र नेपालको पुरानो भनाइलाई ‘अब नेपालको वन, हरित जीवन’ तर्फ रूपान्तरण गर्दै सोही अनुरूपको आचरण र व्यवहार प्रदर्शन गर्नुपरेको बताउँदै सरकारी कामकाजदेखि जनताको भान्सासम्म नवीकरणीय ऊर्जाको प्रयोग बढाई अत्यधिक कार्बन उत्सर्जन गर्ने र महँगो डिजेल, पेट्रोल जस्ता जीवाश्म ऊर्जाको प्रयोगलाई कम गर्दै शून्यमा झार्ने लक्ष्य हासिल गर्न हामी सबैले योगदान गर्नुपर्नेमा जोड दिइन।

राष्ट्रपति भण्डारीले सामुदायिक वनसहितको वन क्षेत्रले हाम्रो देशको ठूलो क्षेत्रपÞmल ढाकेको हुनाले राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदान बढाउन अत्यन्त आवश्यक भएकामा जोड दिँदै सामुदायिक वनमा बहुउपयोगी बोट विरुवाहरू, फलफूल, जडीबुटी आदिको खेतीलाई प्रोत्साहन गरी यसैमा आधारित उद्यमशीलताको विकास गर्ने कार्यको नेतृत्व लिन सामुदायिक वन उपभोक्ता महासङ्घको ध्यानाकर्षण गराइन।

वन पैदावारजन्य सामग्रीको बढ्दो आयात मुलुकले हाल भोगिरहेको विकराल व्यापार घाटाको एउटा मुख्य कारण बनेको उल्लेख गर्दै उनले पानीका मुहान जोगाउन तथा भूमिगत पानीको पुनर्भरण प्रक्रियालाई दिगो बनाउन हाम्रा पूर्वजहरूले अपनाएको पोखरी खन्ने र संरक्षण गर्ने उपायलाई नयाँ अभियानका रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति: २०:३६ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्