Kathmandu Press

चन्द्रागिरिको जङ्गलबाट तीन विदेशीको उद्धार

काठमाडाैं, असार १२ : काठमाडौँको चन्द्रागिरिको जङ्गलबाट तीन विदेशी नागरिकको उद्धार गरिएको छ। शनिबार साँझ जङ्गलमा विदेशी हराएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त...
चन्द्रागिरिको जङ्गलबाट तीन विदेशीको उद्धार

काठमाडाैं, असार १२ : काठमाडौँको चन्द्रागिरिको जङ्गलबाट तीन विदेशी नागरिकको उद्धार गरिएको छ। शनिबार साँझ जङ्गलमा विदेशी हराएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको हो।

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई भीरमा फसेको अवस्थामा फेला पारी उद्धार गरिएको हो। यसरी उद्धार गरिएकामा अमेरिकाका ३४ वर्षीय डग्लस रोवे, भारत चण्डिगढका ३० वर्षीय नवप्रित ढिलोन र मुम्बईका माधव गुप्ता रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी जनाएको छ।

प्रकाशित मिति: २०:२९ बजे, आइतबार, असार १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्