इलाममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
काठमाडौं, असार १२ : देशका विभिन्न भागमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका ९ नहर चोकमा प्रदेश...
काठमाडौं, असार १२ : देशका विभिन्न भागमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।
ईलामको माङसेबुङ गाउँपालिका २ दहगाउँमा मे.१ ज ४८७ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा माङसेबुङ गाउँपालिका ६ बस्ने ५० वर्षीय प्रकाश राई, पाँचथर मिक्लाजुङ गाउँपालिका ५ बस्ने ६५ वर्षीय हिमप्रसाद लावती र ६० वर्षीया पदम कुमारी लावती रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरीको दुहवी नगरपालिका ९ नहर चोकमा प्रदेश न.१-०४-००१ त १०२४ नम्बरको ट्याक्टर अन्यन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही नगरपालिका १२ सितापुर बस्ने १३ वर्षीय महमत ईर्फान मियाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको दुहबी सामुदायिक अस्पताल हुँदै विराट मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












