Kathmandu Press

घुस लिने अमिनविरुद्ध विशेष अदालतमा मुद्दा

घुस लिने अमिनविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडाैं, असार १२ : अख्तियार दुरुपयोग अनुसनधान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अमिन बस्नेतले जग्गाको हाल साविक गर्ने प्रयाजनार्थ सेवाग्राहीसँग रु ३० हजार घुस मागेको पाइएको छ।

Hardik ivf

आयोगको बुटवलबाट गएको टोलीले अमिन रायमाझीलाई पक्राउ गरेको थियो। आयोगले आरोपी रायमाझीलाई बिगो बमोजिमको कारबाहीको माग गरेको छ। 

यस्तै, आयोगले प्राकृतिक स्रोत तथा साधनको ठेक्का प्रदान गर्दा व्यवसायीसँग प्रक्रिया नपुर्‍याएको र पछि रद्द गरेर राज्यलाई हानी पुर्‍याएको अभियोगमा फतुवा विजयपुर नगरपालिका रौतहटका तत्कालीन र हालका समेत नगरप्रमुख रहेका गोपाल राय यादव तत्कालीन उपप्रमुख कान्ती देवीलगायत विभिन्न वडाका अध्यक्षले कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयन गराउन आलटाल गरेको पाइएको छ। 

आयोगले नगरप्रमुख, उपप्रमुखसहित विभिन्न वडाका अध्यक्षहरू विरुद्ध रु एक करोड ५३ लाख ५० हजार १९९ बराबरको बिगो दाबी गरेको छ। त्यस्तै, आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रशासकीय अधिकृत गोकूल ढुङ्गेल र रञ्जना साहविरुद्ध रु एक करोड ५३ लाख ५० हजार १९९ बराबरकै बिगो कायम गरिएको छ।

प्रकाशित मिति: १७:२७ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्