Kathmandu Press

दक्षिण अफ्रिकाको एक रात्रि क्लबमा १७ जना मृत फेला

जोहानसबर्ग, असार १२ : दक्षिण अफ्रिकाको दक्षिणी सहर पूर्वी लन्डनमा अवस्थित एक रात्रि  क्लबमा आइतबार कम्तीमा १७ जना मानिस मृत फेला परेको प्रहरीले...
दक्षिण अफ्रिकाको एक रात्रि क्लबमा १७ जना मृत फेला

जोहानसबर्ग, असार १२ : दक्षिण अफ्रिकाको दक्षिणी सहर पूर्वी लन्डनमा अवस्थित एक रात्रि  क्लबमा आइतबार कम्तीमा १७ जना मानिस मृत फेला परेको प्रहरीले जनाएको छ।

के कति कारण यी व्यक्तिहरुको मृत्यु भएको यसको विस्तृत विवरण भने प्राप्त भएको छैन। घाइते चारजनाकाे अस्पतालमा उपचार भइरहेकाे त्यहाँकाे प्रहरीकाे भनाय छ। 

Hardik ivf

‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौँ’। प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले एएफपी समाचार समितिलाई  उक्त जानकारी दिएका छन्।

घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि उनले बताए। यद्यपि अझै पनि यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ। 

मृतकका आफन्तलाई शव हेर्न दिइएको छैन। त्यहाँका स्थानीयले सो रात्रि क्लब बन्द गर्नुपर्ने बताइरहेका छन्।

सो क्लबमा राति भागदौड भने मच्चिएको जनाइएको छ। मृतक सबै १८ देखि २० वर्षको रहेको प्रहरीले जनाएको बिबिसीले उल्लेख गरेको छ।   

प्रकाशित मिति: १५:४१ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्