Kathmandu Press

बद्रीनाथमार्ग अवरूद्ध, मर्मत जारी

चमोली (बद्रीनाथ), असार १२ : शनिबार राति परेको अविरल वर्षासँगै बिराही र पागल नालामा विशाल चट्टान खसेपछि बद्रीनाथ राजमार्ग फेरि अवरुद्ध भएको छ।स्थानीय...
बद्रीनाथमार्ग अवरूद्ध, मर्मत जारी

चमोली (बद्रीनाथ), असार १२ : शनिबार राति परेको अविरल वर्षासँगै बिराही र पागल नालामा विशाल चट्टान खसेपछि बद्रीनाथ राजमार्ग फेरि अवरुद्ध भएको छ।

स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार राजमार्गको जीर्णोद्धार तथा चट्टान पन्छाउन सडक प्रभागका कर्मचारी क्रियाशील छन्।

अघिल्लो महिना पनि उत्तराखण्डको कर्णप्रयागको पाँचपुलिया नजिकैको बद्रीनाथ मार्गमा पहाडबाट ढुङ्गा खसेपछि यातायात अवरुद्ध भएको थियो। हनुमानचट्टी नजिक ढुङ्गा खस्दा र लाम्बागाड नालामा पानी बढेपछि त्यस दिनको सवारी आवागमन केही घण्टाअघि मात्र ठप्प भएको थियो।

अलकनन्दा नदीको किनारमा अवस्थित भगवान् विष्णुको पवित्र धाम बद्रीनाथमा वर्सेनि धेरै श्रद्धालु तीर्थयात्री पूजार्चनाका निम्ति जाने गरेका छन्। बद्रीनाथसहित यमुनोत्री, गङ्गोत्री र केदारनाथ पवित्र चारधाम मानिन्छन्। वर्षको छ महिनामात्र बद्रीनाथ धाम खुला हुने गरको छ।

बद्री–केदार मन्दिर समितिले असार ४ गते दिएको जानकारीअनुसार बद्रीनाथमा सात लाख ६० हजारभन्दा बढी र केदारनाथमा सात लाख २७ हजार, गङ्गोत्रीमा तीन लाख ८४ हजार, यमुनोत्रीमा दुई लाख ९४ हजारले दर्शन गरेका थिए। यो वर्षको तीर्थयात्राका क्रममा हालसम्म ९१ जनाको ज्यान गएको छ।
 
यो वर्ष १० लाख तीर्थयात्रीले यात्राका निम्ति सरकारसँग अनुमति लिएका थिए। यति धेरै सङ्ख्यामा तीर्थयात्रीले स्थानीय प्रशासनसँग अनुमति लिएर नयाँ कीर्तिमान कायम गरेका अधिकारीहरूले बताएका छन्। 

प्रकाशित मिति: १५:३७ बजे, आइतबार, असार १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्