Kathmandu Press

भारतमा थपिए ११ हजार ५०० सय कोरोना सङ्क्रमित

नयाँ दिल्ली, असार १२ : शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप ११ हजार ७३९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार...
भारतमा थपिए ११ हजार ५०० सय कोरोना सङ्क्रमित

नयाँ दिल्ली, असार १२ : शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप ११ हजार ७३९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ।

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड चार करोड ३३ लाख ८९ हजार ९७३ जना पुगेको छ।

Hardik ivf

हाल भारतमा ९२ हजार ५७६ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.२० प्रतिशत हो। 

पछिल्लो एक दिनमा तेह्र हजार २९ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ७२ हजार ३९८ पुगेको छ। कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ।
 
२४ घण्टासम्म कोरोना सङ्क्रमणबाट २५ जनाको मृत्यु भएको थियो। कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ९९९ भन्दाबढीको मृत्यु भएको समाचारमा जनाइएको छ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८० लाख डोज भन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ।

यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ।

प्रकाशित मिति: १५:३४ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्