Kathmandu Press

श्रीलंका सरकारले इन्धन कटौती गर्ने

काेलम्बाे, असार १२ : श्रीलंकाले इन्धनमा कटौती गर्ने जनाएको छ। श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि...
श्रीलंका सरकारले इन्धन कटौती गर्ने

काेलम्बाे, असार १२ : श्रीलंकाले इन्धनमा कटौती गर्ने जनाएको छ। श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो।

सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिनुभएको हो। यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको बताइएको छ।

Hardik ivf

बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलङ्काको सरकारी आयल निगम सिलोन पेट्रोलियम वितरक कम्पनीले यहाँका सरकारी तथा निजी क्षेत्रलाई दिने इन्धनमा कटौती गर्ने जनाएको हो।

मन्त्री विजकेसरीले यहाँका सार्वजनिक यातायात, अस्पताल र उद्योगहरुलाई प्राथमिकता दिइने र अरु क्षेत्रका सवारीको इन्धनमा कटौती गरिने जानकारी दिएका हुन्।

उनले कच्चा तेल अर्को हप्ता प्राप्त हुने भन्दै प्रशोधन केन्द्रलाई त्यसको तयारीमा रहन आग्रह गर्नुका साथै यातायातका लागि लाइनमा नबस्न सबै सर्वसधारणलाई आग्रह गरे।

श्रीलङ्कामा आर्थिक मन्दी छाएको छ। जसका कारण यहाँ इन्धनमा हुने नियमित आपूर्तिमा पनि कमी आउन थालेको बताइएको छ। 

प्रकाशित मिति: १५:३२ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्