Kathmandu Press

काठमाडौंको मित्रनगरबाट कटुवा पेस्तोलसहित दुईजना पक्राउ

काठमाडौंको मित्रनगरबाट कटुवा पेस्तोलसहित दुईजना पक्राउ

काठमाडौं, असार १२ : काठमाडौंको नयाँ बसपार्कस्थित मित्रनगरबाट कटुवा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । 

प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६ मित्रनगरिस्एथत उटा खाजाघरमा कटुवा पेस्तोलसहित उनीहरूलाइई पक्राउ गरेको हो। 

Hardik ivf

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ धोबीचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी बर्दघाट–१४ चौपत्ताका ३० वर्षीय राजु विक रहेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ। 

उनीहरूका साथबाट एक थान कटुवा पेस्तोल, एक थान गोली र गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:०४ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्