Kathmandu Press

इराकी प्रधानमन्त्री इरान र साउदी अरेबिया जाने

इराकी प्रधानमन्त्री इरान र साउदी अरेबिया जाने

बग्दाद, असार १२ : इराकका प्रधानमन्त्री मुुस्ताफा अल कादिमी इरान र साउदी अरेबियाको भ्रमणमा जान लागेको बताइएको छ।

इराकी सरकारी समाचार समिति आइएनएले सो कुराको जानकारी दिएको छ। उनी अर्को हप्ता इरान र साउदी अरेबिया जान लागेको सो समाचारमा जनाइएको छ। उनले ती देशमा गएर त्यहाँका नेताहरुसँग प्रत्यक्ष वार्ता गर्ने भएको सो समाचार समितिले जनाएको छ।

उनी पहिला इरान पुग्ने र इरानका नेताहरुसँग द्धिपक्षीय भेटवार्ता गर्नुहुनेछ। त्यसपछि उनी साउदी अरेबियाको भ्रमणमा जाने भएको समाचारमा जनाइएको हो।

यही जुन ९ तारिखमा इराकी विदेशमन्त्रीले इरानका विदेशमन्त्रीसँग इराक इरानसँगको वार्ताका लागि तयार भएको र आगामी दिनमा दुई देशको सम्बन्ध र अन्य विषयमा वार्ता अघि बढाइने बताएका थिए।

क्षेत्रीय सुरक्षा तथा खाडी राष्ट्रहरुको राजनीतिक अवस्थाका बारेमा इराकले वार्तालाई जारी राखेको छ। इराकले गत वर्ष मात्र पनि इरान र अन्य खाडी देशहरुसँग वार्ता निरन्तर गरेको थियो।

साथै इराकले इरानसँग गत वर्षमात्र पनि चार राउन्डमा वार्ता गरेको थियो। आणविक उर्जा तथा अन्य विषयमा अमेरिकासँग इरानको विवाव जारी रहेका बेला इराकले वार्ता अघि बढाउने भएको हो। 

प्रकाशित मिति: ११:५० बजे, आइतबार, असार १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्