Kathmandu Press

श्रीलङ्काले खाद्यान्न आयात गर्न थप सात करोड अमेरिकी डलर प्रयोग गर्ने

काेलम्बाे, असार ११ : श्रीलङ्का सरकारले आवश्यक खाद्य वस्तुहरू आयात सङ्कटलाई टार्न सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पाएको छ।  भारतले विस्तार...
श्रीलङ्काले खाद्यान्न आयात गर्न थप सात करोड अमेरिकी डलर प्रयोग गर्ने

काेलम्बाे, असार ११ : श्रीलङ्का सरकारले आवश्यक खाद्य वस्तुहरू आयात सङ्कटलाई टार्न सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पाएको छ।  

भारतले विस्तार गरेको एक अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट (एलओसी) बाट अर्को सात करोड अमेरिकी डलर प्रयोग गर्न अनुमति भारतले दिएको हो।  
 
श्रीलङ्काका व्यापार मन्त्री नलिन फर्नान्डोले भने, 'यही सुविधाअन्तर्गत भारतबाट आयात भइसकेका १८ करोड अमेरिकी डलर मूल्यका खाद्य वस्तुहरूको अतिरिक्त यो सुविधा मिलेको हो। यो खरीदसँगै कम्तीमा पनि अर्को दुई महिनाको लागि चाहिने खाद्यवस्तुको भण्डारण गर्न हामीले पाउनेछौं।'

श्रीलङ्काको डेली मिरर पत्रिकाले फर्नान्डोलाई उद्धृत गर्दै लेखेको छ, 'निकट भविष्यमा खाद्य वस्तुहरू आयात गर्न हामीले सोही क्रेडिट सुविधाबाट भविष्यमा सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पाएका छौँ।'

स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेका श्रीलङ्कालाई एक दिन पहिले भारतले तीन अर्ब रूपैँयाभन्दा बढी मूल्य बराबरको मानवीय सहयोग उपलब्ध गराएको थियो।

कोलम्बोस्थित भारतीय उच्च आयोगका अनुसार यस ढुवानीमा चामल, दूध पाउडर र आवश्यक औषधीहरू समावेश छन्।

प्रकाशित मिति: १९:५८ बजे, शनिबार, असार ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्