Kathmandu Press

पत्रकारहरूको निःशुल्क स्वास्थ्योपचारका लागि दुर्घटना बीमा

पत्रकारहरूको निःशुल्क स्वास्थ्योपचारका लागि दुर्घटना बीमा

वीरगञ्ज, असार ११ : पर्साको वीरगञ्ज महानगरपालिकाले पर्साका पत्रकारको निःशुल्क स्वास्थ्योपचारका दुर्घटना बीमा गरिदिने भएको छ। पत्रकारको सुरक्षालाई दृष्टिगत गरी महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको हो।

महानगरको नीति सार्वजनिक गर्दै पत्रकारलाई भइपरि आउने स्वास्थ्य तथा दुर्घटनाको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्योपचारका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए।

Hardik ivf

महानगरपालिकाद्वारा सार्वजनिक भएको आगामी आवको नीति तथा कार्यक्रममा अध्ययन, अनुसन्धान गर्न चाहने पत्रकारलाई अध्ययन भ्रमण र फेलोसिपको व्यवस्था गर्नुका साथै कार्यक्षेत्रमा उत्कृष्ट काम गर्ने पत्रकारलाई पुरस्कृत तथा सम्मानित गर्ने योजना पनि महानगरले अघि सारेको छ।

यसका साथै लोक कल्याणकारी विज्ञापनलाई समानुपातिक ढङ्गले प्रदान गरिने तथा फेलोसिप कार्यक्रमलाई पनि महानगरले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ। सञ्चारकर्मीलाई सक्षम र व्यावसायिक बनाउन क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।

प्रशासन कार्यालयमा हेल्पडेक्स स्थापना

जिल्ला प्रशासन कार्यालय पर्साले अनलाइनमार्फत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न हेल्पडेक्स स्थापना गरिएको छ। हेल्पडेक्समार्फत सेवाग्राहीका लागि निःशुल्क राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने कार्य प्रारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

राष्ट्रिय परिचयपत्रको विवरण फारम सेवाग्राहीबाट अस्वाभाविक शुल्क लिई साइबर कम्प्युटर र स्टेशनरी पसलले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भरेको गुनासो आएपछि प्रशासनले यस्तो काम थालेको हो। जिल्ला प्रशासन कार्यालय पर्साले कार्यालयको कोठा नं ७ बाट निःशुल्करूपमा अनलाइन फारम भर्ने व्यवस्था मिलाएको पनि सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए।

कार्यालयद्वारा जारी सूचनामा शुल्क लिएर कुनै स्टेशनरी तथा साइबर पसलहरूले राष्ट्रिय परिचयपत्र अनलाइन फारम नभर्न/नभराउन पनि आग्रह गरिएको छ। सूचनाविपरीत कसैले शुल्क लिएर अनलाइन फारम भरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १९:३४ बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्