Kathmandu Press

सेती नदी खोँचमा मृत पुरुष भेटिए

तनहुँ, असार ११ : शुक्लागण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एक युवक मृत फेला परेका छन्। नाम, थर, वतन नखुलेको र अनुहार चिन्न...
सेती नदी खोँचमा मृत पुरुष भेटिए

तनहुँ, असार ११ : शुक्लागण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एक युवक मृत फेला परेका छन्। नाम, थर, वतन नखुलेको र अनुहार चिन्न नसकिने किसिमका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन्।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ महरियाघाटमा बायाँ हातमा टाटु रहेको व्यक्ति भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। मृतक पुरुषको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखी पहिचानका लागि आवश्यक अनुसन्धान भइरहेको उनले बताए। वर्षायामको समय भएकाले नदी, खोलाले बगाएर ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रकाशित मिति: १९:२५ बजे, शनिबार, असार ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्