Kathmandu Press

गोलियाले किचेर युवकको मृत्यु

गोलियाले किचेर युवकको मृत्यु
Hardik ivf

पाँचथर, असार ११ : पाँचथरमा रुखको गोलियाले किचेर एक युवकको मृत्यु भएको छ। सल्लाको गोलिया पल्टाउने क्रममा गोलियाले किचेर पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ बरबोटेका १८ वर्षीय राजेश आङदेम्बेको आज मृत्यु भएको हो।

गोलिया पल्टाइरहेका आङदेम्बेलाई अचानक किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। उक्त घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

प्रकाशित मिति: १९:०८ बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्