Kathmandu Press

मोरक्कोमा भएकाे भागदौडमा १८ आप्रवासीको मृत्यु

रबात, असार ११ : युरोपेली देश स्पेन जान मेलिला प्रवेश गर्न खोज्दा मच्चिएका भागदौडमा १८ जना आप्रवासी मारिएका तथा सयौँ घाइते भएका छन्।...
मोरक्कोमा भएकाे भागदौडमा १८ आप्रवासीको मृत्यु

रबात, असार ११ : युरोपेली देश स्पेन जान मेलिला प्रवेश गर्न खोज्दा मच्चिएका भागदौडमा १८ जना आप्रवासी मारिएका तथा सयौँ घाइते भएका छन्। भागदौडका क्रममा केही प्रहरी पनि घाइते भएका छन्। 

मोरक्कोको नादोर र मेलिलाबीचको सिमाना नाघेर दुई हजार आप्रवासी स्पेन प्रवेश गर्न लागेपछि दुवै देशका सुरक्षा अधिकारीले नियन्त्रण गर्न खोज्दा उक्त घटना भएको हो। सुरक्षाकर्मीहरूले उनीहरूलाई सिमानाको दुवैतर्फबाट रोकेका थिए। 

सिमानामा रहेको फलामको बार चढ्न खोज्दा उनीहरूको मृत्यु भएको मोरक्कोको गृह मन्त्रालयले जनाएको भने मानव अधिकार सङ्घले २७ जनाको ज्यान गएको बताएको छ। यद्यपि उक्त सङ्ख्या तत्काल पुष्टि भएको छैन। दुर्घटनामा ज्यान गुमानेमा अधिकांश अफ्रिकी नागरिक छन्। 

यसैबीच, स्पेनका अधिकारीहरूले ४८ जना सिभिल गार्ड घाइते भएका तथा चारवटा गाडीमा क्षति पुगेको बताएको छ। सिमाना पार गर्न सफल भएका आप्रवासीहरू स्थानीय आप्रवासी केन्द्रमा पुगेका र त्यहाँ उनीहरूको परिस्थितिको समीक्षा भएको थियो।

गत मार्चमा मेलिलालाई घेरेको छ मिटर अग्लो बार नाघेर स्पेन छिर्ने प्रयास गरेका थिए। तीन हजार पाँचसय भन्दा बढी आप्रवासीको दुई दिनको त्यो प्रयासमा झण्डै एक हजार जना सफल भएका थिए। 

प्रकाशित मिति: १६:४७ बजे, शनिबार, असार ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्