Kathmandu Press

श्रीलंकालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल कोलम्बो आउने

काेलम्बाे, असार ११ : आर्थिक रूपमा धराशायी भएको घोषणा गरेको श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल यहाँ आउने भएको छ। अमेरिकी अर्थ मन्त्रालय र विदेश...
श्रीलंकालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल कोलम्बो आउने

काेलम्बाे, असार ११ : आर्थिक रूपमा धराशायी भएको घोषणा गरेको श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल यहाँ आउने भएको छ। अमेरिकी अर्थ मन्त्रालय र विदेश मन्त्रालयको प्रतिनिधित्व गर्दै उच्च प्रतिनिधिमण्डलको टोली आइतबार यहाँ आउन लागेको हो।  

प्रतिनिधिमण्डलले विभिन्न राजनीतिक दलका प्रतिनिधि, अर्थशास्त्री र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ। 

Hardik ivf

प्रतिनिधिमण्डलमा एसियाका लागि कोषका उप–सहायक अर्थमन्त्री रोबर्ट काप्रोथ तथा  दक्षिण एवम् मध्य एशियाका लागि उप–सहायक विदेशमन्त्री केली केडरलिङलगायत छन्। अमेरिकी टोलीले सम्भावित सहयोग बारे परामर्श गर्नेछ।  

“यो भ्रमणले श्रीलङ्काका जनताको सुरक्षा र समृद्धिप्रतिको हाम्रो निरन्तर प्रतिबद्धतालाई जोड दिन्छ,”श्रीलङ्कालाई आर्थिक चुनौतीका बेला सघाउन, उसको आर्थिक वृद्धिमा टेवा दिन तथा प्रजातान्त्रिक संस्थाहरूलाई सुदृढ तुल्याउने प्रयासस्वरुप उच्च अधिकारी वासिङटनबाट आउन लागेका उल्लेख गर्दै श्रीलङ्काका लागि अमेरिकी राजदूत जुली चुङले भनिन्।

बितेका दुई सातामा अमेरिकाले श्रीलङ्काली साना र मध्यम व्यवसायलाई सघाउन १२ करोड डलरको नयाँ वित्तीय सहयोगको घोषणा गरको थियो।

त्यसैगरी वासिङटनले मानवीय सहायता तथा जीविकोपार्जनका लागि थप ६० लाख डलर प्रदान गर्ने बताएको थियो। अर्थतन्त्रलाई स्थिर बनाउन तथा वित्तीय सुधारका लागि प्राविधिक सहयोग उपलब्ध गराउन नयाँ अनुदान दिइएको बताइएको छ। 

भविष्यमा पनि श्रीलङ्काको आर्थिक पुनरूत्थान, खाद्य सुरक्षा, सार्वजनिक स्वास्थ्य तथा शिक्षा क्षेत्रको प्रवद्र्धनका लागि अमेरिकी सहयोग निरन्तर रहने जनाइएको छ। साथै उसले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट सहयोगका निम्ति गरेको श्रीलङ्काली अनुरोधको समर्थन पनि गरेको छ।

वर्तमान सङ्कटबाट श्रीलङ्कालाई मुक्त गर्न सक्दो सहयोग गर्नुपर्नेमा वासिङटनले जोड दिएको छ। 

प्रकाशित मिति: १६:४१ बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्