Kathmandu Press

थप २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असार ११ : नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ९ सय ३७ पिसिआर परिक्षणका क्रममा २३ जना र...
थप २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असार ११ : नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ९ सय ३७ पिसिआर परिक्षणका क्रममा २३ जना र ८ सय ६५ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ७२ जना निको भएका छन्।

हाल नेपालमा १ सय ८८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:३९ बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्