Kathmandu Press

बाल यौन दुरूपयोगको आरोपमा कास्कीका एक विद्यालय सञ्चालक पक्राउ

कास्की, असार ११ : बाल यौन दुरूपयोग गरेको आरोपमा कास्कीका एक विद्यालय सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्ने माछापुच्छ्रे गाउँपालिका–४ स्थित ज्ञान ज्योति इङ्ग्लिस...
बाल यौन दुरूपयोगको आरोपमा कास्कीका एक विद्यालय सञ्चालक पक्राउ

कास्की, असार ११ : बाल यौन दुरूपयोग गरेको आरोपमा कास्कीका एक विद्यालय सञ्चालक पक्राउ परेका छन्। 

पक्राउ पर्ने माछापुच्छ्रे गाउँपालिका–४ स्थित ज्ञान ज्योति इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालक ४८ वर्षीय रामचन्द्र शाहीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पक्राउ गरेको हो। 

आफ्नै विद्यालयमा विद्यार्थीमाथि बाल यौन दुरूपयोग गरेको आरोप लगाउँदै जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको कास्की प्रहरीले जनाएको छ।

कास्की जिल्ला अदालतले उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:५५ बजे, शनिबार, असार ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्