Kathmandu Press

सिन्धुपाल्चोकमा एक थुनुवाको मृत्यु

सिन्धुपाल्चोक, असार ११ : सिन्धुपाल्चोकमा एक कैदीको मृत्यु भएको छ।जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९...
सिन्धुपाल्चोकमा एक थुनुवाको मृत्यु

सिन्धुपाल्चोक, असार ११ : सिन्धुपाल्चोकमा एक कैदीको मृत्यु भएको छ।

जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो।
  
आज बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिए।

गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो। मृतकको आफन्त आइपुगेपछि शव परीक्षण गरिने अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १४:४४ बजे, शनिबार, असार ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्