Kathmandu Press

हङकङको भ्रमण गर्दै राष्ट्रपति सी, धेरै विदेशी पत्रकार रोकिए

हङकङ, असार ११ : राष्ट्रति सी चिनफिङ यहाँको भ्रमणमा आउने भएका छन्। बेलायतले हङकङ सहर चीनलाई हस्तान्तरण गरेको २५औं वार्षिकोत्सवका अवसरमा आगामी साता...
हङकङको भ्रमण गर्दै राष्ट्रपति सी, धेरै विदेशी पत्रकार रोकिए

हङकङ, असार ११ : राष्ट्रति सी चिनफिङ यहाँको भ्रमणमा आउने भएका छन्। बेलायतले हङकङ सहर चीनलाई हस्तान्तरण गरेको २५औं वार्षिकोत्सवका अवसरमा आगामी साता यहाँ आयोजना हुने बैठमा सहभागी हुन उनी भ्रमणमा निस्कन लागेका हुन्। 

कोभिड–१९ को महामारीपछि मुख्यभूमि चीनबाट उनको यो पहिलो भ्रमण हो। राष्ट्रपति सीको उपस्थितिमा हुने भव्य समारोहमा हङकङ शहर का नयाँ नेता जोन लीले शपथ लिने कार्यक्रम रहेको समाचार एजेन्सी सिह्वाले जनाएको छ।

Hardik ivf

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौं कार्यकालको उद्घाटन समारोहमा पनि सहभागी हुने छन्।

हङकङका अधिकारीहरूले कोभिड–१९ को महामारी प्रतिबन्ध र सुरक्षा कारण जनाउँदै नयाँ नेता लीको शपथ ग्रहण समारोहको समाचार सङ्कलन गर्न  केही सञ्चारगृहमाथि प्रतिबन्ध लगाएका छन्। यद्यपि यसरी प्रतिबन्ध लगाइएका सञ्चारगृहका प्रतिनिधि नियमित रूपमा आयोजना हुने सरकारी प्रेस सम्मेलनहरूमा भाग लिने गरेका छन्।

अधिकारीहरूले सी जिनपिङको उपस्थितिमा हुने कार्यक्रममा जापान निक्की, असाही शिम्बुन, र क्योडो न्यूज, ताइवानको सिटिभी, अमेरिकाको गेटी इमेजका साथै हङकङको इनमिडिया र हङकङ फ्रि प्रेसलाई प्रवेश निषेध गरिएको छ।

हङकङ पत्रकार सङ्घले प्रशासनको उक्त निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सङ्घले इच्छुक सञ्चारगृहका प्रतिनिधिलाई प्रवेशको अनुमति दिन आग्रह गरेको छ। जनतालाई जानकारी गराउने कर्तव्यबाट सञ्चारकर्मीलाई रोक लगाउन नहुने उसले बताएको छ।

गत महिना राष्ट्रपति सीले नवनियुक्त हङकङ प्रमुख कार्यकारीलाई भेटेर अराजकताबाट सुव्यवस्थातर्फ हङकङ अघि बढेकामा उनलाई धन्यवादसहित बधाई दिएका थिए। नवनियुक्त ६४ वर्षीय नेता लीले वर्तमान प्रमुख कार्यकारी क्यारी ल्यामबाट आगामी शुक्रबार कार्यभार सम्हाल्ने छन्।

प्रकाशित मिति: १३:१२ बजे, शनिबार, असार ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्