काठमाडौंमा फैलिएको हैजाको विषयमा सम्बन्धित पक्षसँग गृहमन्त्रीको छलफल
काठमाडौं, असार ११ : गृहमन्त्री बालकृष्ण खाणले काठमाडौंलगायतका स्थानमा देखा परेको कलेरा ९हैजा०बारे सम्बन्धित पक्ष र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्।गृहमन्त्री खाणले...
काठमाडौं, असार ११ : गृहमन्त्री बालकृष्ण खाणले काठमाडौंलगायतका स्थानमा देखा परेको कलेरा ९हैजा०बारे सम्बन्धित पक्ष र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्।
गृहमन्त्री खाणले शनिबार बिहान स्वास्थ्य सचिव डा. रोसन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रहरी अस्पतालका प्रमुख डाक्टर आशा सिह, सशस्त्र प्रहरी अस्पतालका प्रमुख रुपक महर्जनसँग केही दिनदेखि देखा परेको कलेराको अवस्था र रोकथाम गर्न के गर्नुपर्छ भनेर छलफल गरेका हुन्।
गृहमन्त्री खाणलले खानेपानीको अवस्था कस्तो छ ? खानेपानीको अवस्था ठीक नभएमा पानीको परीक्षण कसरी गर्ने, त्यसका लागि तयारी के छ ? भनेर जानकारी लिएका थिए। यस्तै, उनले संक्रमित विरामीको उपचारबारे पनि उहाँले जानकारी लिनुभएको थियो ।
गृहमन्त्री खाणले अवस्था जटिल बन्दै गएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्योजनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका चिकित्सकहरूले पनि कलेराको रोकथाम र नियन्त्रणमा खटिनु पर्ने अवस्था आउन सक्ने भन्दै गृहमन्त्री खाणले त्यसकालागि तयारी अवस्थामा रहन निर्देशन दिए।
उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकमा खानेपानीको अवस्थाबारे जानकारी लिँदै जवानहरूलाई कलेराले प्रभावित पार्न नदिन विशेष ध्यान दिन पनि निर्देशन दिए।












