Kathmandu Press

साथीको हत्या गरेर काठमाडौंबाट भागेका युवक उदयपुरमा पक्राउ

काठमाडौं, असार ११ : कर्तव्य ज्यान तथा डाका मुद्दामा संलग्न फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ।हत्या अभियोगमा प्रहरीले काठमाडौँ महानगरपालिका–७ गौरीघाट बस्ने २५...
साथीको हत्या गरेर काठमाडौंबाट भागेका युवक उदयपुरमा पक्राउ

काठमाडौं, असार ११ : कर्तव्य ज्यान तथा डाका मुद्दामा संलग्न फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ।

हत्या अभियोगमा प्रहरीले काठमाडौँ महानगरपालिका–७ गौरीघाट बस्ने २५ वर्षीय विवेक मल्ललाई पक्राउ गरेको हो। मोरङको सुन्दरहरैँचा नगरपालिका–९ घर भई काठमाडौँ महानगरपालिका–७ कुमारीगाल बस्ने १९ वर्षीय उज्ज्वल काफ्लेको हत्या अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उज्ज्वल २०७७ जेठ २९ गते मृत फेला परेका थिए। घटनाको अनुसन्धानका क्रममा विवेकले मेथाडोन नामको औषधि खुवाउँदा मृत्यु भएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

त्यसपछि उनले उपत्यकाको विभिन्न ठाउँमा चोरी गरेको प्रहरीले जनाएको छ। उनी काठमाडौंबाट भागेका थिए। प्रहरी टोलीले उदयपुरको कटारी नगरपालिका–६ चुहाडबाट पक्राउ गरेको जनाएको छ।

प्रकाशित मिति: ०६:५० बजे, शनिबार, असार ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्