Kathmandu Press

विकासलाई अन्तर्राष्ट्रिय एजेण्डाको केन्द्रमा राखिनुपर्ने : चिनियाँ राष्ट्रपति सी

बेइजिङ, असार १० : चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार विश्वव्यापी विकाससम्बन्धी उच्चस्तरीय संवादमा अन्तर्राष्ट्रिय एजेण्डाको केन्द्रमा विकासलाई राख्नुपर्नेमा जोड दिएका छन।संयुक्त राष्ट्रसंघको दिगो...
विकासलाई अन्तर्राष्ट्रिय एजेण्डाको केन्द्रमा राखिनुपर्ने : चिनियाँ राष्ट्रपति सी

बेइजिङ, असार १० : चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार विश्वव्यापी विकाससम्बन्धी उच्चस्तरीय संवादमा अन्तर्राष्ट्रिय एजेण्डाको केन्द्रमा विकासलाई राख्नुपर्नेमा जोड दिएका छन।

संयुक्त राष्ट्रसंघको दिगो विकासका लागि २०३० को एजेण्डालाई कार्यान्वयन गर्न विकासलाई सबै जनताले महत्व दिने विश्वका सबै मुलुकले राजनीतिक सहमति निर्माण गरेर अघि बढ्नुपर्ने उनले बताए।

Hardik ivf

कोभिड–१९ महामारीले विगत धेरै वर्षमा विश्वव्यापी विकासको चरणलाई कमजोर बनाएको छ र संयुक्त राष्ट्रसंघको  २०३० का लागि दीर्घकालिन विकासको एजेण्डालाई कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो।

उत्तर–दक्षिणको अन्तर बढ्दै गएको र विश्वले खाद्य तथा ऊर्जा सुरक्षा संकटको सामना गरिरहेको भन्दै चीनका राष्ट्रपति सीले विकासलाई केही देशहरूले राजनीतिकरण र सीमान्तीकरण गरिरहेको बताए।

विश्व समुदायले शान्ति, विकास र सहकार्यका लागि अझ बलियो आकांक्षाहरू राखेको र उदीयमान बजार र विकासशील देशहरूले एकतावद्ध रहने र आत्मबल खोज्ने संकल्पलाई बलियो बनाउँदै जानुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: २०:५० बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्