Kathmandu Press

श्रीमतीको घाँटी कसेर हत्या गरी प्रहरीकोमा पुगे भुसाल

अर्धाखाँची, असार १० : अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन्। आज शुक्रबार दिउँसो साढे २ बजे मालारानी–२ डाडाकटेरीका...
श्रीमतीको घाँटी कसेर हत्या गरी प्रहरीकोमा पुगे भुसाल

अर्धाखाँची, असार १० : अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन्। आज शुक्रबार दिउँसो साढे २ बजे मालारानी–२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

दुईजना घरबाट नजिकैको जङ्गलमा घाँस दाउरा लिन भनी सँगै गएको र आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर मारी नजिकैको खोल्सीमा स्याउलाले ढाकेर ‘श्रीमतीको हत्या गरेँ’ भनी भुसाल आफैँ इलाका प्रहरी कार्यालय खनमा गएका थिए। प्रहरी निरीक्षक पौडेलका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ र घटनाका बारेमा अनुसन्धान भइरहेको छ।

 

प्रकाशित मिति: २०:३२ बजे, शुक्रबार, असार १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्