Kathmandu Press

जनताका समस्या छिटो समाधान गर्नुपर्छ : मन्त्री श्रेष्ठ

जनताका समस्या छिटो समाधान गर्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडाैं, असार १० : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जनताको समस्यालाई सक्दो छिटो समाधान गरी स्थानीय सरकार भएको अनुभूति दिलाउन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेका छन। कामपाको ११औँ नगरसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवनिर्वाचित जनप्रतिनिधिले जनताको मन जित्ने गरी नयाँ ढङ्गले काम गर्नेमा आफू ढुक्क रहेको बताए।

काठमाडौँ उपत्यका सांस्कृतिक सम्पदाको प्रतीक रहेकाले त्यसको संरक्षणमा अभिभावकत्व गर्नु कामपाको दायित्व भएको उल्लेख गर्दै उनले भने, 'देशको ठूलो र मुख्य कामपा रहेकाले अन्य स्थानीय तहलाई प्रेरणा मिल्ने गरी काम गर्नुपर्छ।' युवा जोशले मात्र विकास नहुने भन्दै उनले जोशमा होस पुर्‍याएर समय सुहाउँदो र आवश्यकतानुसार जनतासँग सरोकार राख्ने विकासका काम गर्न मन्त्री श्रेष्ठले नगरसभाका सबै सदस्यलाई आग्रह गरे।

कामपा उपप्रमुख सुनीता डङ्गोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब बढीको बजेट प्रस्तुत गरेकी थिइन। आज प्रस्तुत भएको बजेट माथि यही असार १७ गते शुक्रबार छलफल हुने कार्यतालिका रहेको छ।

प्रकाशित मिति: १९:२२ बजे, शुक्रबार, असार १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्