Kathmandu Press

मनसुन थप दुई प्रदेशमा प्रवेश

काठमाडाैं, असार १० : यस वर्षको मनसुन थप दुई प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर...
मनसुन थप दुई प्रदेशमा प्रवेश

काठमाडाैं, असार १० : यस वर्षको मनसुन थप दुई प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको जनाएको छ। नेपालको प्रदेश नं १ मा गत जेठ २२ र मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा जेठ २६ गते मनसुन प्रणाली आगमन भएको थियो। यससँगै मनसुन प्रवेश भएको प्रदेश छवटा पुगेको छ।

देशका बाँकी रहेको भू–भागमा केही दिनभित्रमा मनसुन प्रणाली प्रवेश हुने सम्भावना रहेको विभागले जनाएको छ। यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यसै सन्दर्भमा यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमितरूपमा अद्यावधिक गर्दै जाने बताइएको छ।

प्रकाशित मिति: १९:१९ बजे, शुक्रबार, असार १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्