Kathmandu Press

गुल्मीमा एक वृद्ध मृतावस्थामा फेला

गुल्मीमा एक वृद्ध मृतावस्थामा फेला
Hardik ivf

गुल्मी, असार १० : गुल्मीमा ९० वर्षीय वृद्ध मृतावस्थामा फेला परेका छन्। सत्यवती गाउँपालिका–७ जोहाङ्ग सोता बस्ने नरहरि भण्डारी सत्यवती गाउँपालिका–६ उल्लीखोलास्थित खोलाको छेउमा मृत फेला परेका हुन्।

भण्डारी बुधबार दिउँसो ४ बजे घरबाट हिँडेका थिए। साँझसम्म पनि घरमा नआएपछि परिवारका सदस्य र स्थानीयवासीले खोज्ने क्रममा आज बिहान ८ः३० को समयमा खोलाको छेउमा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक श्यामप्रसाद यादवले जानकारी दिए।

प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्