Kathmandu Press

अष्ट्रेलियाका प्रधानमन्त्री फ्रान्सका राष्ट्रपतिलाई भेट्दै

क्यानबेरा, असार १० : अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँसँग सम्बन्ध ‘पुनः स्थापित’ गर्ने प्रयासमा उनलाई भेट्ने भएका छन्।प्रधानमन्त्री अल्बानीजले बिहीबार...
अष्ट्रेलियाका प्रधानमन्त्री फ्रान्सका राष्ट्रपतिलाई भेट्दै

क्यानबेरा, असार १० : अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँसँग सम्बन्ध ‘पुनः स्थापित’ गर्ने प्रयासमा उनलाई भेट्ने भएका छन्।

प्रधानमन्त्री अल्बानीजले बिहीबार राति आफूले राष्ट्रपति म्याक्रोँको फ्रान्स भ्रमणको निमन्त्रणा स्वीकार गरेको बताएका छन्। 

Hardik ivf

आफ्नो नयाँ सरकारले फ्रान्सेली जहाज निर्माता कम्पनीलाई खरिद रद्द गरिएको पनडुब्बी सम्झौताको क्षतिपूर्ति रकम ८३ करोड अष्ट्रेलियाली डलर तिर्न सहमत भएको घोषणा गरेको एक हप्तापछि अल्बानीजको फ्रान्स भ्रमणको कार्यक्रम सार्वजनिक भएको हो।
 
पूर्व प्रधानमन्त्री स्कट मोरिसनले सम्झौता रद्द गरेपछि अस्ट्रेलिया र फ्रान्सबीचको सम्बन्ध बिग्रिएको थियो। मे २१ मा भएको आम चुनावमा मोरिसनलाई पराजित गर्ने अल्बानीजले फ्रान्समा स्वागतको अपेक्षा गरेको बताए।

‘मलाई राष्ट्रपति म्याक्रोँले आमन्त्रित गर्नुभएको छ। आगामी साता म फ्रान्स जानेछु। हामीले  सम्बन्ध प्ुनः स्थापना गर्न आवश्यक छ, हामीले पहिले नै धेरै रचनात्मक छलफल गरिसकेका छौं,’ प्रधानमन्त्री अल्बानीजलाई उद्धृत गर्दै अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले जनाएको छ। 

प्रकाशित मिति: १७:१८ बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्