थप ४३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, असार १० : नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ८ सय ५२ पिसिआर परीक्षणका क्रममा ३२...
काठमाडाैं, असार १० : नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ८ सय ५२ पिसिआर परीक्षणका क्रममा ३२ जना र १ हजार ७ सय ३ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन। त्यस्तै थप १४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ५६ जना निको भएका छन्।
हाल नेपालमा १ सय ८१ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:०३ बजे, शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












