Kathmandu Press

पूर्वी भेगमा भारतसितकाे सीमा सिल

झापा, असार १० : नेपाल-भारत सीमा आज बिहानदेखि ७२ घन्टाका लागि सिल गरिएको छ। आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई...
पूर्वी भेगमा भारतसितकाे सीमा सिल

झापा, असार १० : नेपाल-भारत सीमा आज बिहानदेखि ७२ घन्टाका लागि सिल गरिएको छ। 

आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी आज बिहानैदेखि सीमामा सिल गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। 

उनले भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल गरिएको बताए। 

उनका अनुसार आज बिहान ६ बजेदेखि सिल गरिएको नाका सोमबार बिहान ६ बजे खोलिनेछ। विशेषगरी, बिरामी, असहाय र अशक्तलाई नाका वारपार गर्नुपर्ने परेमा दुवैतिरका सुरक्षा निकायको समन्वयमा गरिने उनको भनाइ छ।

दार्जिलिङसँगै मिरिक, खरसाङ र सिलिगुडी क्षेत्रमा समेत जिटिएको चुनाव हुने जनाइएको छ।

प्रकाशित मिति: १६:३७ बजे, शुक्रबार, असार १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्