Kathmandu Press

युक्रेन युद्ध पाँचौं महिनामा, आपूर्ति मार्ग अवरूद्ध गर्ने रूसी योजना

किभ, असार १० : युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ। दुई देशबीच द्वन्द्व जारी रहँदा रूसले आपूर्ति मार्गहरू अबरूद्ध गर्ने योजना बनाएको...
युक्रेन युद्ध पाँचौं महिनामा, आपूर्ति मार्ग अवरूद्ध गर्ने रूसी योजना

किभ, असार १० : युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ। दुई देशबीच द्वन्द्व जारी रहँदा रूसले आपूर्ति मार्गहरू अबरूद्ध गर्ने योजना बनाएको  छ। युद्धले अनिश्चित बनेको युक्रेनको राजनीतिक भविष्यमा आशाका केही किरण देखिएका छन्।

औपचारिक रूपमा युरोपेली सङ्घको सदस्य बन्ने किएभको चाहना स्वीकृत भएको छ। यद्यपि उसलाई सङ्घको पूर्ण सदस्यता हासिल गर्न एक दशकभन्दा बढी समय लाग्नेछ। सङ्घमा युक्रेनको उम्मेदवारी स्वीकृत भएसँगै युद्धग्रस्त राष्ट्रको मनोबल पनि बढेको छ। 

Hardik ivf

रूसी आक्रमणले पूर्वी डोनबास क्षेत्रका शहरको प्रतिरक्षामा जुटाकाहरूलाई कमजोर बनायो भने लुहान्स्क प्रान्तको करिब ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको करिब आधा भागमा रूसी सेनाले कब्जा जमाएको छ। 

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि पाँच महिनाअघि आजकै दिन शुरू गरेको ‘विशेष सैन्य कारबाही’ युक्रेनी भूमि कब्जाका निम्ति नभएको बताएका छन्। 

सत्ताइस सदस्यीय सङ्घमा युक्रेनको प्रवेशलाई लिएर युरोपेली नेताहरूले युक्रेनी जनता युरोपेली परिवार भएका बताएका छन्।

हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युरोपलाई आर्थिक समस्याबाट जोगाउन रूसमाथि अब थप प्रतिबन्ध आवश्यक नभएको बताएका छन्। रूसबाट ग्यास आपूर्तिमा कटौती हुँदा  धेरै युरोपेली देश प्रभावित भएका छन्। 

प्रकाशित मिति: १५:४४ बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्