Kathmandu Press

अफगानिस्तानका भूकम्पपीडितहरू खाना र आश्रयविहीन

काबुल, असार १० : अफगानिस्तानमा दुई दशक भन्दा बढी समयपछि आएको शक्तिशाली भूकम्पबाट बाँचेका धेरै व्यक्तिहरू शुक्रबार खाना, आश्रयबिहीन भएका छन्। भीषण वर्षापछि आएको...
अफगानिस्तानका भूकम्पपीडितहरू खाना र आश्रयविहीन

काबुल, असार १० : अफगानिस्तानमा दुई दशक भन्दा बढी समयपछि आएको शक्तिशाली भूकम्पबाट बाँचेका धेरै व्यक्तिहरू शुक्रबार खाना, आश्रयबिहीन भएका छन्। 

भीषण वर्षापछि आएको बाढीको कारण पीडालाई अझै बढाएको छ। बाढीको कारण भएको बाधाले राहत कार्यकर्ताहरू पुग्नको लागि कठीन भएको र  भूकम्प प्रभावित गाउँहरूमा मानिसहरु पर्खिरहेका बताइएको छ। 

गत बुधबारको आएको ५.९ म्याग्निच्युडको भूकम्पले पाकिस्तानसँगको सीमावर्ती क्षेत्रमा सबैभन्दा ठूलो धक्का पु¥याएको र यसमा परी एक हजार  भन्दा बढीको मृत्यु  भएको छ। हजारौं व्यक्ति घरवारबिहिन भएका छन्। 

भूकम्पले सबैभन्दा बढी प्रभावित जिल्लाहरुमा सम्पूर्ण गाउँहरू समतल भएका छन्। यहाँ बाँचेकाहरूले भने कि उनीहरू आफ्ना मृतकहरूलाई गाड्नका लागि उपकरणहरू खोज्न पनि संघर्ष गरिरहेका बताइएको छ। 

‘त्यहाँ कुनै कम्बल, त्रिपाल छैन, त्यहाँ कुनै आश्रय छैन। हाम्रो सम्पूर्ण पानी वितरण प्रणाली ध्वस्त भएको छ। त्यहाँ शाब्दिक रूपमा खानेकुरा केही छैन,’ २१ वर्षीय जैतुल्लाह गुर्जिवालले कडा प्रभावित पक्तिका प्रान्तको आफ्नो गाउँमा पुगेको एएफपी टोलीलाई भनेका छन्।

प्रान्तका सूचना प्रमुख मोहम्मद अमिन हुजैफाले भारी वर्षा र बाढीका कारण प्रभावित क्षेत्रसम्म पुग्ने प्रयासमा बाधा पुगेको बताए।भूकम्पले मोबाइल फोनका टावर र बिजुलीका लाइनहरु ढलेपछि सञ्चारमा समेत असर परेको छ।

भूकम्पले पहिल्यै भारी वर्षाको प्रभावबाट ग्रस्त क्षेत्रहरूलाई प्रभावित गरेको थियो,  चट्टान र माटोको कारणले गर्दा पहाडको भिरालोमा अनिश्चित रूपमा बसेका बस्तीहरू सखाप भएको छ।

प्रकाशित मिति: १५:४१ बजे, शुक्रबार, असार १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्