Kathmandu Press

सैनिक कार्गो जहाज दुर्घटना चारको मृत्यु

काठमाडाैं, असार १० : एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको बताइएको छ। रुसबाट प्राप्त एक समाचारमा सो कुरा...
सैनिक कार्गो जहाज दुर्घटना चारको मृत्यु

काठमाडाैं, असार १० : एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको बताइएको छ। रुसबाट प्राप्त एक समाचारमा सो कुरा बताइएको हो।
 
यहाँको सैनिक कार्गो विमान दुर्घटनामा परेको थियो। रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा शुक्रबार बिहान सो जहाज दुर्घटनामा परेको थियो। त्यस दुर्घटना कार्गो विमानको परीक्षण उडानका बेलामा भएको बताइएको छ। 

सो जहाज कार्गो जहाज रहेको भए पनि उडानमा कुनै सामान नराखी परीक्षण स्वरुप गरिएको थियो। त्यसैक्रममा दुर्घटनामा परेको र त्यसमा रहेका चार जनाको ज्यान गएको सैनिक अधिकारीले जानकारी दिएका छन्।

सो दुर्घटनामा परेर घाइते भएका उडान दलका सदस्यहरुलाई अस्पताल पुर्‍याइएको छ। रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार रियाजान सहरबाट उडेको केही समयमै जहाज बजार छेउको एक राजमार्गमा परेर दुर्घटना भएको थियो। 

प्रकाशित मिति: १५:३२ बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्