Kathmandu Press

झापामा फेला परेको बम नभएको पुष्टि

झापा, असार १० : एमाले झापाका अध्यक्ष दीपक कार्कीको घरअगाडि आज बिहान फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ।नेपाली सेनाको चारआलीस्थित...
झापामा फेला परेको बम नभएको पुष्टि

झापा, असार १० : एमाले झापाका अध्यक्ष दीपक कार्कीको घरअगाडि आज बिहान फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ।

नेपाली सेनाको चारआलीस्थित बम डिस्पोजल टोलीले घटनास्थलमै आएर जाँच गरेपछि कुकरभित्र विष्फोटक पदार्थ नभएको पुष्टि भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए। 

Hardik ivf

उनका अनुसार खाली कुकरलाई बाहिरबाट भित्रैसम्म विद्युतीय वाइरिङ तारले बेरिएको थियो। अध्यक्ष कार्कीको घर अगाडि आज बिहान ५ः३० बजेतिर शङ्कास्पद वस्तु राखिएको फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।

शंकास्पद वस्तु बम नभएको पुष्टि भएपछि सेनाको टोली घटनास्थलबाट फर्किसकेको छ। अध्यक्ष कार्की संविधानसभा सदस्यसमेत हुनुहुन्छ भने उनका सहोदर भाई हिक्मत कार्की प्रदेश १ का निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री छन्।

प्रकाशित मिति: १३:४६ बजे, शुक्रबार, असार १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्